समाचार

बाढीपीडितका लागि एनसीसी सेसेल्सले दियो एनआरएनएलाई ८ लाख भन्दा बढी रकम

हिमचुली
हिमचुली
Shares
बाढीपीडितका लागि एनसीसी सेसेल्सले दियो एनआरएनएलाई ८ लाख भन्दा बढी रकम

काठमाडौँ- भोटेकोशी बाढीपीडितहरूको राहत तथा सहयोगका लागि एनसीसी सेसेल्सले गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई रु. ८ लाख ७५ हजार २४ सहयोग गरेको छ। 

एनआरएनएले नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा रु. ५ करोडको सहयोग गर्ने जनाएको थियो। सोही अभियानअन्तर्गत एनसीसी सेसेल्सको अनुरोधमा सेसेल्समा रहेका नेपाली तथा शुभेच्छुकहरूबाट उक्त रकम संकलन गरिएको हो।

संकलित रकम आईसीसीमार्फत प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरी रु. ५ करोडको सहयोग अभियानमा समावेश गर्ने उद्देश्यले एनआरएनए सचिवालय, बालुवाटार, काठमाडौँमा हस्तान्तरण गरिएको छ।

रकम हस्तान्तरणका क्रममा एनसीसी सेसेल्सका अध्यक्ष बलराम सिटौला तथा एनआरएनए अनुशासन समिति उप–संयोजक नवीन आरनको उपस्थिति रहेको थियो।

यसैबीच, एनसीसी सेसेल्सले आगामी दशैं फन्डरेजिङ कार्यक्रममार्फत संकलन हुने रकमलाई पहिलो चरणको राहत अभियानभन्दा छुट्टै रूपमा दोस्रो चरणमा बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा प्रभावित परिवारहरूको सहयोगमा प्रयोग गर्ने जनाएको छ।

राहत संकलन अभियानमा सहयोग गर्ने सम्पूर्ण दाताहरूको नाम तथा विवरण सार्वजनिक गरिएको छ। प्राविधिक त्रुटिका कारण कुनै दाताको नाम छुटेको वा विवरणमा गल्ती भएको भए जानकारी गराउन अनुरोध पनि गरिएको छ।

भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि एनसीसी सेसेल्सले सञ्चालन गरेको यस अभियानमा सहभागी सम्पूर्ण दाता, शुभेच्छुक तथा सहयोगीहरूप्रति एनआरएनए अफ्रिका क्षेत्रले आभार व्यक्त गरेको छ।


भिडिओ

हिमचुली

हिमचुली सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Himchuli Media Pvt. Ltd. Kathmandu, Nepal
9742454878
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ००
प्रेस काउन्सिल दर्ता नं.: ००

हाम्रो टिम

प्रधान सम्पादक प्रधान
सम्पादक सम्पादक

उपयोगी लिंकहरु

© 2026 Himchuli. सर्वाधिकार सुरक्षित।
Developed by Yubraj Pandeya